अष्ट्रेलिया / अष्ट्रेलियन ओपन कराँते प्रतियोगितामा नेपाली खेलाडीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्। ६८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी नेपालकी एरीका गुरुडले फाइनलमा अस्ट्रेलियन खेलाडीलाई एकतर्फी खेलमा ५-० को स्पष्ट जित दिंदै स्वर्ण पदक आफ्नो पोल्टामा पार्न सफल भएकी छिन्।
एरिका गुरुङ सन् २०२३ मा सम्पन्न १९औं एसियाली खेलकुद (एशियन गेम्स) मा रजत पदक जित्ने पहिलो नेपाली खेलाडी हुन्। सोही वर्ष उनले एसियन कराते च्याम्पियनसिपमा पनि रजत पदक जितेकी थिइन्।एरीकाको यो प्रदर्शनले सम्पूर्ण नेपाली समुदायलाई गर्वको अनुभूति गराएको छ। प्रशिक्षक मन्डेकाजी श्रेष्ठले एरीकाको खेलप्रति प्रशंसा गर्दै, “उनको आत्मविश्वास र तयारी दुवै उच्च स्तरको थियो,” भन्नुभयो। अर्का प्रशिक्षक कुशल श्रेष्ठले भने, “सबै खेलाडीको प्रदर्शन सानदार रह्यो। मेहनत र लगनको फल मिठो देखिएको छ,” भन्दै खुसी व्यक्त गर्नुभयो।
नेपालबाट सहभागी अन्य खेलाडी सन्तोष श्रेष्ठ, सबिना श्रेष्ठ, पुष्पका लामा र वर्षा बुढामगरले पनि उत्कृष्ट प्रदर्शन गर्दै कास्य पदक जित्न सफल भएका छन्।
यस सफलताले नेपाली खेलाडीहरूको अन्तर्राष्ट्रिय मञ्चमा उपस्थिति बलियो बनाउँदै गएको स्पष्ट देखिन्छ। आगामी दिनहरूमा यिनै खेलाडीहरूबाट अझ उत्कृष्ट उपलब्धिको अपेक्षा गरिएको छ।
तपाइँको प्रतिक्रीया