२०८२ कातिर्क ३ आइतबार

अष्ट्रेलियाको सडकमा अस्ताए नेपाली, पिआरको खुसी साट्न नपाउँदै जीवनको अन्त्य

  • admin २०८१ चैत २२ शनिवार

अष्ट्रेलिया- अष्ट्रेलियाको भिक्टोरिया राज्यस्थित Geelong नजिकैको सडकमा भएको कार दुर्घटनाले एक नेपाली युवाको जीवन लिएको छ। चितवन घर भई अष्ट्रेलियामा बसोबास गर्दै आएका ३२ वर्षीय ती युवक स्थायी आवास (PR) प्राप्त गरेको केही दिनमै यो दुःखद दुर्घटनामा परेका हुन्।

अप्रिल ३ तारिखमा राति साढे आठ बजेतिर भिक्टोरिया राज्यमा पर्ने जिलोङ नजिकै रहेको ह्यामिल्टन हाइवेमा पर्ने वरुणा प्लेन भन्ने ठाउँमा सडक दुर्घटना भएको हो । कार सडक छेउको रुखमा ठोकिएर दुर्घटना भएको र ३२ वर्षका एकजना युवकको घटनास्थलमै निधन भएको भिक्टोरिया प्रहरीले जनाएको छ। घटनास्थलमै उनको ज्यान गएको पुष्टि गरिएको छ। भिक्टोरियास्थित नेपाली दूतावासले निधनको पुष्टि गर्दै परिवारप्रति समवेदना प्रकट गरेको छ।

सन् २०१८ मा पढ्नका लागि उहाँ अस्ट्रेलिया आउनुभएको थियो । युवकको स्थायी घर चितवन भएको बुझिएको छ,र केही दिन अगाडि मात्र पिआर पनि उहाँले प्राप्त गर्नुभएको थियो। उहाँ अहिले श्रीमतीसँगै भिक्टोरियाकै जिलोङ क्षेत्रमा बस्दै आइरहनु भएको थियो।

पिआर प्राप्तिको खुसी परिवार, साथीसँग साट्न पाएका पनि थिएनन् ,अचानकको दुर्घटनाले त्यो सपना अधुरो बनाइदियो। उनका साथीहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गर्दै उनलाई मेहनती, मृदुभाषी र सहयोगी व्यक्ति भनेर सम्झिरहेका छन्।

यो घटना सम्पूर्ण नेपाली समुदायका लागि दुखद रहन पुग्यो। सजगता र सावधानी नै जीवनको सुरक्षा हो। शोकसन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना।