२०८२ कातिर्क ३ आइतबार

फेन्का (FeNCAA) अष्ट्रेलियाको १० औं वार्षिकोत्सव भर्चुअल कार्यक्रममार्फत मनाइने

  • admin २०८१ चैत २५ मङ्गलबार

अष्ट्रेलिया — अष्ट्रेलियामा रहेका नेपालीमूलका व्यक्तिहरुले सञ्चालन गरेका विभिन्न संघसंस्थाको छाता संगठन फेडरेसन अफ नेप्लीज कम्युनिटी एशोसिएसन अफ अष्ट्रेलिया (फेन्का) ले आफ्नो १० औं स्थापना दिवस विशेष कार्यक्रममार्फत मनाउने भएको छ।

“उपलब्धि र चुनौती” शीर्षकमा आयोजना गरिने यो कार्यक्रम 9 अप्रिल 2025 का दिन साँझ 8 बजे सुरु भई ८:३० बजे देखि औपचारिकरूपमा प्रारम्भ हुने बताइएको छ। कार्यक्रम Zoom मार्फत भर्चुअल रूपमा आयोजना गरिनेछ, जसको Zoom ID: 84651190053 र पासकोड: 993527 रहेको छ।

उक्त कार्यक्रममा अतिथि वक्ताको रूपमा अष्ट्रेलियास्थित नेपाली राजदूत चित्रा लेखा यादव सहभागी हुने फेन्का अष्ट्रेलियाका महासचिव कपिल पाण्डेले जानकारी दिनुभयो।

कार्यक्रममा विगत १० वर्षको यात्रा, संस्थाले हासिल गरेका उपलब्धिहरू र आगामी चुनौतीहरूबारे गहन छलफल हुने अपेक्षा गरिएको छ। FeNCAA अष्ट्रेलियाकले अष्ट्रेलियाभरिका नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता हुने विश्वास लिइएको छ।

FeNCAA स्थापना भएदेखि अष्ट्रेलियाभर फैलिएका नेपाली समुदायका संघसंस्थाहरूलाई एउटै छानामुनि ल्याउने प्रयासमा सक्रिय रहँदै आएको छ। विगत एक दशकको यात्रामा संस्थाले नेपाली भाषा, संस्कृति र पहिचान जगेर्ना, सामुदायिक एकता प्रवर्द्धन, आपतकालीन राहत सहायता, शिक्षा तथा व्यवसायिक सञ्जाल विस्तारजस्ता थुप्रै क्षेत्रमा उल्लेखनीय योगदान दिएको छ।
कार्यक्रमबारे थप जानकारीको लागि Bom Yonzon (0422 443 268) र Kapil Pandey (0457 309 367) लाई सम्पर्क गर्न सकिनेछ।