२०८२ कातिर्क ३ आइतबार

एनआरएनए अष्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन हस्तान्तरण

  • admin २०८२ बैशाख ११ बिहीबार

जाजरकोट- गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आर्थिक सहयोगमा जाजरकोटको भेरी नगरपालिका–२ स्थित श्री शंकर भवन माध्यमिक विद्यालयको नवनिर्मित भवन आज एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ।

अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूबाट संकलित २५ हजार अष्ट्रेलियन डलरको सहयोगमा उक्त भवन निर्माण गरिएको हो। विसं २०७९ मा आएको भूकम्पले क्षति पुर्‍याएको भवनलाई एनआरएनए अष्ट्रेलियाको सहयोग र यार्सन जाजरकोटको प्राविधिक सहजीकरणमा पुनर्निर्माण गरिएको हो।

भवनको उद्घाटन एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले गरेका थिए। अध्यक्ष पोखरेलले विद्यालयको भवन निर्माणमा सहयोग गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै आगामी दिनमा पनि यसप्रकारको सहयोगलाई निरन्तरता दिने बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रकाश सिंहले सहयोगका लागि एनआरएनए अष्ट्रेलियालाई धन्यवाद दिएका छन्।

कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष शम्भु गाइसी, ओसियानाका क्षेत्रीय संयोजक दिनेश पोखरेल, विद्यार्थी तथा स्थानीयवासीको उपस्थिति थियो।