मेलबर्न, अष्ट्रेलिया – तामाङ सोसाइटी अफ भिक्टोरियाको हालै सम्पन्न साधारणसभाले बबी लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। सोसाइटीको इतिहासमा पहिलो पटक महिलाले अध्यक्ष पद सम्हालेकी हुन्।
नवनिर्वाचित कार्यसमितिमा चितकुमार लामा र डा. सन्दीप पाख्रिन उपाध्यक्ष, धन तामाङ महासचिव, कृपा लामा कोषाध्यक्ष तथा हिरा बम्जन सांस्कृतिक संयोजक चयन भएका छन्।
त्यसैगरी, सतिश तामाङ युवा संयोजक, अश्मिता तामाङ सह-युवा संयोजक, विकास लामा खेल संयोजक र सुस्मा लामा सह-खेल संयोजक बनेका छन्। कार्यसमिति सदस्यहरूमा निरज लामा, खुशाङ पाख्रिन, लाक्पा तामाङ, रिनु मोक्तान, विकल्प लामा घिसिङ र सुमन तामाङ छन्। साधारण सभाबाट आएको नयाँ समितिले २०२५ देखि २०२७ सम्म आफ्नो कार्यकाल सम्हाल्ने छन्।
संस्थाले नयाँ नेतृत्वसँगै समुदायको समृद्धि, सांस्कृतिक संरक्षण तथा युवा परिचालनमा थप सक्रियता ल्याउने अपेक्षा लिएको छ। साधारणसभामा सहभागी सदस्यहरूले नयाँ समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।
तपाइँको प्रतिक्रीया