२०८२ कातिर्क ३ आइतबार

माल्दिभ्सका राष्ट्रपति मुइज्जद्वारा विश्व रेकर्ड कायम — पत्रकार सम्मेलनमा १५ घण्टा लामो सहभागिता

  • admin २०८२ बैशाख २१ आइतबार

काठमाडौं- माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जले करिब १५ घण्टा लामो पत्रकार सम्मेलन गर्दै विश्व कीर्तिमान कायम गरेका छन्। उनको कार्यालयका अनुसार, उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अघिल्लो रेकर्ड तोडेका छन्।

स्थानीय समयअनुसार शनिबार बिहान १०:०० बजे सुरु भएको पत्रकार सम्मेलन राति १२:५४ बजे सम्पन्न भएको हो। १४ घण्टा ५४ मिनेटसम्म पत्रकारहरूको प्रश्नको जवाफ दिँदै सम्मेलनलाई निरन्तरता दिएका मुइज्जले राष्ट्रपतिका रूपमा पत्रकार सम्मेलनको सबैभन्दा लामो सहभागिता जनाउने विश्व कीर्तिमान बनाएका हुन्।

माल्दिभ्स सरकारले यो कार्यक्रम विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आयोजना गरेको जनाएको छ।

सन् २०१९ को अक्टोबरमा युक्रेनको नेसनल रेकड्र्स एजेन्सीले जेलेन्स्कीको १४ घण्टे पत्रकार सम्मेलनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोको सात घण्टाको पुरानो रेकर्ड तोडेको घोषणा गरेको थियो। अब यो कीर्तिमान माल्दिभ्सका राष्ट्रपतिको नाममा पुगेको छ।