अष्ट्रेलिया — पछिल्लो समयको आर्थिक चुनौती र महँगीको चपेटामा परेका अष्ट्रेलियाली घरधनीहरूका लागि राहतको खबर आएको छ। अष्ट्रेलियाका ठूला चार बैंक वेस्टप्याक, एनएबी, एएनजेड र कमनवेल्थ बैंकले ब्याजदर घटाउने निर्णय गरेका छन्।
रिजर्भ बैंक अफ अष्ट्रेलिया (RBA) ले गत मंगलबार आफ्नो दोस्रो ब्याजदर कटौतीको घोषणा गर्दै क्यास रेट ४.१० प्रतिशतबाट घटाएर ३.८५ प्रतिशत पुर्याएपछि यी प्रमुख बैंकहरूले पनि सो निर्णय अनुसार आफ्ना ग्राहकहरूलाई राहत दिन ब्याजदर घटाउने घोषणा गरेका हुन्।

प्रमुख बैंकहरूको निर्णय यसप्रकार छ: नेशनल अष्ट्रेलिया बैंक एनएबी (NAB):सबैभन्दा पहिला प्रतिक्रिया जनाउँदै NAB ले आफ्नो भेरिएबल घर कर्जाको दरमा ०.२५ प्रतिशत कटौती गर्ने घोषणा गर्यो। यो नयाँ दर मे ३० बाट लागू हुनेछ। यद्यपि, राहत दिने निर्णय गरे तापनि ग्राहकहरूले लाभ लिन अझै केही दिन पर्खनुपर्नेछ।
एएनजेड (ANZ): ANZ ले पनि NAB कै निर्णयको अनुसरण गर्दै आफ्नो भेरिएबल घर कर्जाको दरमा ०.२५ प्रतिशतले कटौती गर्ने घोषणा गर्यो। यो निर्णय पनि मे ३० बाट लागू हुनेछ।
कमनवेल्थ बैंक (Commonwealth Bank):देशकै सबैभन्दा ठूलो बैंकमध्ये एक, Commonwealth Bank ले पनि आजकै ब्याजदर कटौती पूर्णरूपमा ग्राहकमा स्थानान्तरण गर्ने घोषणा गर्यो। नयाँ दर मे ३० बाट लागू हुनेछ।
वेस्टप्याक (Westpac):वेस्टप्याकले पनि आफ्नो भेरिएबल घर कर्जाको दर ०.२५ प्रतिशतले घटाउने घोषणा गर्यो। तर, अन्य बैंकको तुलनामा यसले अझ ढिलो गरी राहत पुर्याउनेछ। यसको नयाँ दर जुन ३ बाट मात्र लागू हुनेछ।
यो कदमले औसत कर्जावाला अष्ट्रेलियालीलाई प्रति महिना झण्डै $100 को राहत दिनेछ। तर, कटौती लागू गर्न बैंकहरूले केही दिनको समय लिँदैछन्, र Westpac ले त जुन ३ बाट मात्रै कटौती लागू गर्ने बताएको छ।
राहतको संकेत दिइए पनि रिजर्भ बैंकले अझै अर्थतन्त्रमा जोखिम कायम रहेको चेतावनी दिएको छ। यसैले ग्राहकहरूलाई योजना बनाउन सचेत र सक्रिय रहन सुझाव दिइएको छ।

तपाइँको प्रतिक्रीया