२०८२ कातिर्क ३ आइतबार

एडिलेडमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस भव्य रूपमा मनाइने

  • admin २०८२ जेठ ८ बुधबार

एडिलेड । नेपाली समुदायिक संस्थाहरुको संगठन फेड्रेसन अफ नेप्लिज कम्युनिटी एशोशियसन अफ अष्ट्रेलिया(फेन्का) साउथ अष्ट्रेलियासमितिको आयोजनामा मे ३१ मा हिमालय पर्वत श्रृंखलाको संरक्षण सन्देशसहित अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२५ दक्षिण अष्ट्रेलियाको एडिलेडमा भव्य रूपमा मनाइने भएको छ।

फेन्का साउथ अष्ट्रेलियाले नेपाली सामुदायिक संघसंस्थाहरुसँगको सहकार्यमा कार्यक्रम आयोजनाकार्यक्रम गर्न लागेको हो।

सन् १९५३ मे २९ का दिन न्युजिल्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिङ्ग नोर्गे शेर्पाले सगरमाथाको चुचुरोमा पहिलोपटक आरोहण गरेको दिनको सम्झनास्वरुप विश्वभरि सगरमाथा दिवस मनाइँदै आएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको संरक्षण र नेपालमा पर्यटनको प्रचार प्रसारका लागि उक्त कार्यक्रमको आयोजना गरिएको (फेन्का) साउथ अस्ट्रेलियाका संयोजक सुरेन्द्र रेग्मीले जानकारी दिनुभयो । सगरमाथा दिवस मनाउनुका पछाडि नेपालको पर्यटनसँगै सगरमाथाको पर्यावरण संराक्षणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको समेत रेग्मीले बताउनुभयो ।

साथै उक्त दिन आफ्ना नेपालबाट आउनुभएका अभिभावकसहित,नेपाली समुदायका सबै वर्ग, विद्यार्थी, परिवार तथा हिमालयप्रेमीहरूलाई सक्रिय सहभागिताको लागि आमन्त्रण गरिएको छ। कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाइदिनुहुन संयोजक रेग्मीले आग्रह गर्नुभयो।

(अन्तर्राष्ट्रिय सगरमाथा दिवसकको पदयात्रा कार्यक्रम)
– मे ३१, शनिबार, बिहान ८:३० देखि ११:०० बजेसम्म एडिलेडको Morialta Conservation Park, Woodforde, SA