अष्ट्रेलिया – क्यान्बेरा एफएम ९१.१ का नेपाली रेडियो कार्यक्रम निर्माता तथा संचालक प्रदीप तिमल्सिना अष्ट्रेलियाको प्रतिष्ठित कम्युनिटी इम्प्याक्ट अवार्ड २०२५ बाट सम्मानित भएका छन्। मेलबर्नमा शनिबार आयोजित कार्यक्रममा उनीलाई नेशनल इथ्निक एण्ड मल्टीकल्चरल काउन्सिल अफ अष्ट्रेलिया (NEMBC) ले पुरस्कृत गरेको हो।
तिमल्सिना तीन बिधा — इनोभेटिभ मल्टिकल्चरल प्रोग्राम, बेष्ट इथ्निक प्रोग्राम अफ द एयर, र कम्युनिटी इम्प्याक्टमा मनोनयनमा परेका थिए। उनीद्वारा निर्माण गरिएका सामग्रीको गुणस्तर, प्रभाव र दर्शक–श्रोताको प्रतिक्रियाको आधारमा उनलाई विजेता घोषित गरिएको हो।
सन् २००८ देखि अष्ट्रेलियामा सक्रिय रहेका तिमल्सिना सिड्नी र क्यानबेराका सामुदायिक रेडियो तथा टेलिभिजनहरूमा लामो समयदेखि स्वयंसेवी रूपमा योगदान दिँदै आएका छन्। पेशाले रजिष्टर्ड नर्स रहेका उनी हाल क्यानबेरा अस्पतालमा क्लिनिकल म्यानेजर को भूमिकामा कार्यरत छन्।
तपाइँको प्रतिक्रीया