२०८२ कातिर्क ३ आइतबार

गुठी साउथ अष्ट्रेलियामा नयाँ नेतृत्व चयन, अध्यक्षमा गौरव राजकर्णिकार र सचिवमा सजिन प्रधानांग

  • admin २०८२ जेठ १९ आइतबार

एडिलेड ,अष्ट्रेलिया — अष्ट्रेलियामा नेपाली नेवार समुदायको सांस्कृतिक पहिचान जोगाउन अग्रसर संस्था गुठी साउथ अष्ट्रेलिया (Guthi S.A.) को वार्षिक साधारण सभा (AGM) भव्य रूपमा सम्पन्न भएको छ। यही अवसरमा संस्था सञ्चालनका लागि २०२५ देखि २०२७ कार्यकालका लागि नयाँ कार्यसमिति पनि चयन गरिएको छ।

नयाँ कार्यसमितिको अध्यक्षमा गौरव राजकर्णिकार चयन भएका छन्। उपाध्यक्षको जिम्मेवारी सजन मानन्धरलाई दिइएको छ भने, सचिवमा सजिन प्रधानांग र कोषाध्यक्षमा पुष्कर डंगोल चयन भएका छन्। त्यस्तै, निरोज महर्जनले नेवारी संगीत प्रशिक्षक तथा कार्यकारिणी सदस्यको भूमिका निर्वाह गर्नेछन्। कार्यकारिणी सदस्यमा कृष्ण अवाले र जेनिश मानन्धर चयन भएका छन्।

संस्थाको सल्लाहकार मण्डलमा मंगल मान बज्राचार्य, पन्न काजी महर्जन, सूर्य मान श्रेष्ठ र अरविन्द्र प्रधान रहेका छन्, जसले संगठनलाई नीतिगत सल्लाह र मार्गदर्शन प्रदान गर्नेछन्।

यसपटक गुठीमा सुवेक्षा श्रेष्ठ, सनम महर्जन, बिनय प्रधान, निराकर श्रेष्ठ, रदिप प्रजापति, पुष्प महर्जन, अनुप के. श्रेष्ठ, कबिन्द्र श्रेष्ठ, राज श्रेष्ठ र रोशन बज्राचार्य नयाँ कार्यकारिणी सदस्यका रूपमा थपिएका छन्।

गुठी साउथ अष्ट्रेलिया सन् २०१५ मा स्थापित भई नेवार समुदायको मौलिक भाषा, धर्म, परम्परा र सांस्कृतिक सम्पदा जोगाउने अभियानमा निरन्तर सक्रिय रहँदै आएको छ।

संस्थाले अष्ट्रेलियामा जन्मिएका तथा हुर्किरहेका नयाँ पुस्तालाई संस्कृति र भाषा प्रतिको चेतना र गर्व प्रदान गर्न विभिन्न शैक्षिक र सांस्कृतिक कार्यक्रम गर्दै आएको छ। नयाँ नेतृत्वले विगतका उपलब्धिलाई निरन्तरता दिँदै अझ परिष्कृत र दिगो योजनासहित नेपाली नेवार समुदायको एकता र पहिचानलाई प्रवासमा समेत मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

गुठी एसए (Guthi SA)को यस नवगठित समितिलाई स्थानीय नेपाली समुदाय, अन्य संघ–संस्था तथा अष्ट्रेलियाली समाजसँग अझ सहकार्य गर्दै अघि बढ्न सक्ने कुशल नेतृत्वको रूपमा हेरिएको छ।