अहमदाबाद – रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासमै पहिलोपटक उपाधि जित्न सफल भएको छ।
फाइनल खेलमा पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै आरसीबीले आफ्नो १७ वर्ष लामो प्रतीक्षा समाप्त पारेको हो। आरसीबीले दिएको १९१ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाब २० ओभरमा ७ विकेट गुमाएर १८४ रनमै रोकियो।
पञ्जाबका जस इङ्लिसले ३९ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन्। आरसीबीका लागि विराट कोहलीले सर्वाधिक ४२ रन बनाए। कप्तान रजत पाटिदारले २६, लिअम लिभिङस्टनले २५, र जितेश शर्माले २४ रनको योगदान दिए।
बलिङतर्फ पञ्जाबका काइल जेमिसन र अर्शदीप सिंहले ३-३ विकेट लिए।
अहमदाबादको नरेन्द्र मोदी रंगशालामा भएको यो ऐतिहासिक जितसँगै आरसीबीले आईपीएल उपाधि विहीनताको अन्त्य गरेको छ।
तपाइँको प्रतिक्रीया