भर्जिनिया, अमेरिका — अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा एक नेपाली परिवारका चार सदस्य बिहीबार राति गोली हानिएको अवस्थामा मृत फेला परेका छन्।

म्यानासस पार्क प्रहरीले जनाएअनुसार अपार्टमेन्टमा ३० वर्ष उमेर समूहका दुई वयस्क र २ र ८ वर्षका दुई बालबालिका मृत अवस्थामा फेला परेका हुन्। मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ र दुई साना बालबालिका रहेका छन्। बालबालिकाको नाम हालसम्म सार्वजनिक गरिएको छैन।
घटना प्रहरीलाई घरबेटीले जानकारी गराएका थिए, जब उनले भाडामा बस्ने परिवारको अवस्थाबारे चासो जनाउँदै अपार्टमेन्ट जाँच गर्न आग्रह गरेका थिए।
प्रहरीका अनुसार यो घटना हालसम्मको प्रारम्भिक अनुसन्धानमा संभावित हत्या-आत्महत्या को रूपमा देखिएको छ। तर कसले गोली चलायो भन्नेबारे प्रहरीले तत्काल खुलाएको छैन। घटनाको गहिरो अनुसन्धान जारी रहेको जनाइएको छ।
प्रहरीलाई बिहीबार राति करिब १०:४० बजे लानाए लेनको ९४०० ब्लकमा रहेको तलको अपार्टमेन्टमा बोलाइएको थियो। प्रहरीका अनुसार, चारै जनाको मृत्यु गोली लागेर भएको देखिन्छ।
घटनास्थलमा एउटा बन्दूक फेला परेको छ। प्रहरीले चारै जनालाई मनाससको मेडिकल एक्जामिनरको कार्यालयमा लगिएको बताएको छ।
शोकाकुल यो घटनाले स्थानीय नेपाली समुदायलाई स्तब्ध बनाएको छ।


तपाइँको प्रतिक्रीया