२०८२ कातिर्क ३ आइतबार

एडिलेडमा ‘Autism Insight’ कार्यक्रम : अटिज्मप्रति चेतना र समावेशीताका लागि सशक्त पहल

  • admin २०८२ जेठ २६ आइतबार

एडिलेड, अष्ट्रेलिया – अटिज्मप्रति समुदायमा सही जानकारी, समझदारी र समावेशी सोच फैलाउने उद्देश्यसहित Adelaide Nepal Inc. ले Autism SA को सहकार्यमा ‘Autism Insight – A Learning Session for All’ कार्यक्रमको आयोजना गर्ने भएको छ।

कार्यक्रम यही आइतबार, जुलाई ७ तारिख बिहान ९:३० देखि १२:०० बजेसम्म एडिलेडको 139 Bradley Grove, Mitchell Park (Activity Hall) मा हुने भएको छ। सहभागिता निःशुल्क रहेको र समुदायका सबै तहका व्यक्तिहरू—अभिभावक, शिक्षक, विद्यार्थी, सामाजिक अभियान्ता, तथा अटिज्मप्रति चासो राख्ने जो–कोहीका लागि खुला गरिएको आयोजकले जनाएका छन्।

कार्यक्रममार्फत अटिज्म के हो, यसका लक्षण, सामाजिक प्रभाव, तथा अटिज्म भएका व्यक्तिसँग कसरी सकारात्मक व्यवहार गर्न सकिन्छ भन्ने विषयमा जानकारीमूलक सत्र हुनेछ। Autism SA का विशेषज्ञहरूले सत्र सञ्चालन गर्ने छन्। Adelaide Nepal का अनुसार, “यस किसिमको कार्यक्रम नेपालीसहित सम्पूर्ण बहुसांस्कृतिक समुदायका लागि उपयोगी हुनेछ। अटिज्मबारे बुझाइ, सहानुभूति र सहयोगी वातावरण निर्माण गर्न सामूहिक प्रयास आवश्यक छ।”
कार्यक्रममा सहभागी हुन चाहनेहरूले यो फारम भरि आफ्नो स्थान सुरक्षित गर्न सक्नेछन्।https://forms.gle/YDgLTsomFJ3a5pgHA

समावेशी समाज निर्माणमा सानोतिनो योगदान पनि महत्वपूर्ण हुने भन्दै आयोजकले समुदायका सबै सदस्यहरूलाई सहभागिताको लागि आह्वान गरेका छन्।