एडिलेड — नेपाली स्वाद, सेवा र समुदायप्रतिको समर्पणका साथ तीन वर्षको यात्रामा पुगेको एभरेस्ट ग्रुपले आफ्नो तेस्रो वार्षिकोत्सव एक विशेष सांगीतिक साँझमार्फत मनाउने तयारी गरेको छ।
नयाँ व्यवस्थापनको नेतृत्वमा पुनःस्थापित एभरेस्ट ग्रुप अन्तर्गतको एभरेस्ट रेस्टुरेन्ट, सुपरमार्केट र बुछरले आगामी जुन १२ तारिख Plympton Park स्थित आफ्नै स्थानमा उत्सव आयोजना गर्न लागेको हो।
उक्त दिन साँझ ५:३० बजेबाट सुरु हुने कार्यक्रममा स्थानीय कलाकारहरूको प्रत्यक्ष प्रस्तुति, निरन्तर गायन तथा संगीत, र विशेष डिनर मेनु प्रस्तुत गरिनेछ। सांगीतिक प्रस्तुति साँझ ६ बजेदेखि १० बजेसम्म जारी रहने आयोजकले जनाएका छन्। नयाँ मेनुसहित पुनर्निर्माण भएको सेवा प्रणालीअन्तर्गत रेस्टुरेन्टमा अनुभवी शेफको नेतृत्वमा तयार गरिएको स्वादिलो परिकार ग्राहकहरूलाई पस्किने तयारी गरिएको छ। आयोजकका अनुसार नयाँ व्यवस्थापन र नयाँ सोचसहित एभरेस्टले ग्राहकहरूको चाहना अनुसारको वातावरण निर्माण गर्न खोजेको छ।
“हामीले तीन वर्षको यात्रामा ग्राहकहरूबाट पाएको माया र साथप्रति कृतज्ञता प्रकट गर्न यो उत्सव आयोजना गरेका हौं,” आयोजकले भने, “यो हाम्रो लागि एउटा महत्त्वपूर्ण क्षण हो, जुन हामी आफ्ना ग्राहकहरूसँग साझेदारी गर्न चाहन्छौं।”
कार्यक्रममा सहभागिता निःशुल्क छ, तर अग्रिम बुकिङ अनिवार्य गरिएको छ। व्यक्तिगत तथा समूह बुकिङ दुवै खुला गरिएको जानकारी दिइएको छ।
वार्षिकोत्सव कार्यक्रम Everest Restaurant, 546 Marion Road, Plympton Park, South Australia मा आयोजना हुनेछ।
थप जानकारी वा बुकिङको लागि इच्छुकहरूले 08 8102 3750 मा सम्पर्क गर्न सक्नेछन् वा [email protected] मार्फत सन्देश पठाउन सक्नेछन्।
तपाइँको प्रतिक्रीया