एडिलेड,अष्ट्रेलिया -अष्ट्रेलियाको एडिलेडमा स्थायी रूपमा बसोबास गर्दै आएका सामाजिक तथा संस्थागत गतिविधिमा सक्रिय व्यक्तित्व बिष्णु तिवारीले आगामी कार्यकाल (२०२५–२७) का लागि गैरआवासीय नेपाली संघ (NRNA) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
एनसीसी अष्ट्रेलिया सदस्यका रूपमा सक्रिय रहँदा प्राप्त अनुभव र जिम्मेवारीले आफूलाई अन्तर्राष्ट्रिय तहमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न प्रेरित गरेको बताउँदै तिवारीले अब ICC सदस्यको रूपमा कार्य गर्न पूर्ण रूपमा तयार, प्रतिबद्ध र सक्षम रहेको उल्लेख गरेका छन्। तिवारी वर्तमान एनआरएनए अस्ट्रेलियाका एनसीसी सदस्य हुन्।
उनले NRNA लाई सबै नेपालीहरूको साझा, समावेशी र विश्वसनीय मञ्च बनाउने दृढ संकल्प व्यक्त गरेका छन्। उनले प्रवासी नेपालीहरूको हक, हित र सुरक्षाका विषयमा नीति तहमै प्रभावकारी आवाज बुलन्द गर्ने, युवाहरूलाई नेतृत्वमा ल्याउन प्रेरणा दिने, अष्ट्रेलियामा रहेका नेपाली व्यवसाय, शिक्षा र सामाजिक क्षेत्रलाई संस्थासँग जोडेर अघि बढाउने र पारदर्शी, जवाफदेही तथा समावेशी नेतृत्व संस्कृतिको अभ्यास संस्थागत बनाउने स्पष्ट योजना प्रस्तुत गरेका छन्।
साथै, हालै सम्पन्न दशौं विश्व सम्मेलनका निर्णयहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउने र NRNA ID प्रणालीलाई अझ प्रभावकारी बनाउँदै डिजिटल सदस्यताको संख्या अभिवृद्धिमा योगदान पुर्याउने प्रतिबद्धतासमेत जनाएका छन्। तिवारीले आगामी जुलाई २६ मा हुने निर्वाचनमा अष्ट्रेलियाबाट ICC सदस्य पदमा विजयी गराउन आग्रह गर्दै सबैको साथ, समर्थन र अमूल्य मतको अपेक्षा गरेका छन्।
उनले विश्वास व्यक्त गरेका छन् कि प्रवासी नेपालीको हित र संस्थाको दीगो भविष्यका लागि आफूजस्ता प्रतिबद्ध र अनुभवी नेतृत्व आवश्यक छ, र त्यसको प्रतिनिधित्व गर्न आफू तयार रहेको सन्देश दिएका छन्।
तपाइँको प्रतिक्रीया