२०८२ कातिर्क ३ आइतबार

क्यानबेरामा नेपाली व्यवसायीमाथि ठगी प्रकरणबारे सांसद डेविड स्मिथसँग नेपाली समुदायका अगुवाहरूको भेट

  • admin २०८२ श्रावाण २८ मङ्गलबार

क्यानबेरा — क्यानबेरामा नेपालीद्वारा सञ्चालित सुन पसलमा भएको ठगी प्रकरणको विषयमा नेपाली समुदायका अगुवाहरूले सोमबार (अगस्ट ११)मा अष्ट्रेलियन सांसद डेविड स्मिथसँग भेटघाट गरेका छन्।

भेटमा डा. कृष्ण हमाल (FeNCAA), युवा पौडेल (ANFS), नविन पौडेल (NRNA), महता घिमिरे चापागाईं (INLS Australia,ACT), राजु तामाङ (Tamang Society Canberra) साथै प्रभावित व्यवसायी अमृत सुनार र करिश्मा हमाल सुनार ( OM Siddha Jewellers) सहभागी थिए।

समुदायका अगुवाहरूले अष्ट्रेलियामा रहेका नेपाली व्यवसायीहरू लगातार ठगी र लुटपाटको शिकार भइरहेको तथ्य उजागर गर्दै, यस्तो अवस्थाले सुरक्षाप्रति गम्भीर चिन्ता उत्पन्न गरेको बताए। उनीहरूले यस्ता अपराधविरुद्ध प्रभावकारी कदम चाल्न र समुदाय तथा व्यवसायीहरूको सुरक्षा सुनिश्चित गर्न सरकारलाई आग्रह गरे।

सांसद डेविड स्मिथले नेपाली व्यवसायी र समुदायलाई आवश्यक सहयोग र सुरक्षा प्रदान गर्ने प्रतिबद्धता जनाउँदै, यस्ता घटनाबाट बच्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने र यसका लागि संघीय सरकारले उपलब्ध गराउने अनुदानमा सहजीकरण गर्ने आश्वासन दिए।

व्यवसायी अमृतले दिएको जानकारी अनुसार जुलाई २७ मा लुटपाटको प्रयास गरिएको थियो। यसअघि, क्यानबेरामा नेपाली सञ्चालित सुन पसलमा भएको ठगी घटनाबारे नेपाली समुदायका अगुवाहरूले ACT की Police, Fire and Emergency Services मन्त्री Dr. Marisa Patersonसँग भेट गरी सुरक्षासम्बन्धी चासो राखेका थिए। यो भेटघाटले नेपाली समुदाय र स्थानीय सरकारबीच सहकार्य तथा आपसी विश्वासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।