एडिलेड,अष्ट्रेलिया – साउथ अष्ट्रेलियामा नेपाली समुदायका लागि गौरवको विषय बनेको छ। नमस्ते सुपरमार्केट ले Salisbury व्यवसाय पुरस्कार २०२५ मा लगातार ९ वर्षसम्म ‘सर्वश्रेष्ठ ताजा खाद्यान्न तथा ग्रोसरी’ को पुरस्कार जित्दै आफ्नो सफलताको नयाँ कीर्तिमान स्थापित गरेको छ।
यस अवसरमा सञ्चालक प्रेम सुवास निरौला र शिव प्रसाद पोखरेलले सम्पूर्ण ग्राहक, शुभेच्छुक र सहयोगीहरूलाई हार्दिक धन्यवाद व्यक्त गरे। उहाँहरूले भन्नुभयो, “यो सफलता सम्भव हुनुमा उत्तम सेवा, उत्कृष्ट गुणस्तर, ग्राहकमैत्री वातावरण र समुदायप्रतिको लगाव मुख्य कारण हुन्। आगामी दिनहरूमा अझ उत्कृष्ट सेवा दिने हाम्रो संकल्प छ।”
नमस्ते सुपरमार्केटले नेपाली मात्र नभई भारतीय, पाकिस्तानी, बंगलादेशी, अफ्रिकी र अष्ट्रेलियाली समुदायका ग्राहकहरूका लागि पनि संपूर्ण ग्रोसरी सामान, भान्साको भाँडाकुडा, पूजा सामग्री, गिफ्ट आइटम, गृह सजावट, फ्रेश मासु र तरकारी एकै छानामुनि उपलब्ध गराउँदै आएको छ। यसै सुपरमार्केटभित्रै चन्द्रकोट ज्वेलर्स पनि अवस्थित छ, जसले Salisbury व्यवसाय पुरस्कार २०२५ मा लगातार तेस्रो पटक ‘सर्वश्रेष्ठ व्यवसाय पुरस्कार’ जितेको छ।
सञ्चालक आशिष बराल र सानु सिलवाल बरालले यो सफलता आफ्ना ग्राहक, समर्थक र Salisbury व्यवसाय संघको सहयोगको प्रतिफल भएको बताए। उनीहरूले भने, “हामीलाई यो उपलब्धि दिलाउन मतदान गर्ने प्रत्येक ग्राहक र समर्थकलाई हृदयदेखि धन्यवाद। यो पुरस्कार हाम्रो मात्र नभई तपाईं सबैसँग मिलेर मनाउनुपर्ने साझा सफलताहो।”
नमस्ते सुपरमार्केटले ग्राहक सुविधा बढाउन विश्वव्यापी मनी ट्रान्सफर सेवा (रिया, मनीग्राम, वेस्टर्न युनियन), Namaste Tours & Travels मार्फत फ्लाइट टिकट बुकिङ सुविधा, र हालै सुरु गरिएको Namaste Finance मार्फत होम लोन, कार लोन र व्यवसायिक लोन सेवाहरू पनि प्रदान गर्दै आएको छ।
चन्द्रकोट ज्वेलर्स दक्षिण अष्ट्रेलियामा परिवारद्वारा सञ्चालित प्रतिष्ठित व्यवसाय हो। यसका शाखाहरू Marion (Everest Shopping Complex) भित्र न्यू साउथ वेल्स, दुबई र हङकङ मा पनि सञ्चालनमा छन्। यहाँ हस्तनिर्मित र मेशिनद्वारा तयार गरिएका सुनचाँदीका गहनाहरू खरिद, बिक्री र मर्मत–सम्भारको सुविधा उपलब्ध छ। ग्राहकको इच्छाअनुसार विशेष अर्डर डिजाइन गर्ने सुविधा पनि छ। साथै अष्ट्रेलियाभर र अन्तर्राष्ट्रिय स्तरमा द्रुतगति कुरीयर सेवा पनि प्रदान गर्दै आइरहेको छ।
नमस्ते सुपरमार्केट र चन्द्रकोट ज्वेलर्सको निरन्तर सफलता समुदायप्रतिको प्रतिबद्धता, उत्कृष्ट सेवा र ग्राहकको विश्वासको प्रतिफल हो। यी व्यवसायहरूले नेपाली समुदायको पहिचान र गौरव स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको छ।
तपाइँको प्रतिक्रीया