एडिलेड – नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर तथा उदाउँदा स्टार कुशल भुर्तेल, जो पहिले नै KTM Consulting Group का ब्रान्ड एम्बेसडर घोषणा भइसकेका छन्, अष्ट्रेलिया भ्रमणका क्रममा एडिलेडमा नेपाली समुदायसँग प्रत्यक्ष भेटघाट गर्ने भएका छन्।
यसका लागि कम्पनीले विशेष ‘Meet & Greet’ कार्यक्रम आगामी सेप्टेम्बर ४, बुधबार, दिउँसो २:३० देखि ४:३० बजे आफ्नो एडिलेडस्थित कार्यालय (903/147 Pirie Street, SA) मा आयोजना गर्ने भएको हो। कार्यक्रममा क्रिकेटप्रेमी, विद्यार्थी, खेलाडी तथा समुदायका सदस्यहरूलाई सहभागी हुन खुला निम्तो गरिएको छ। सहभागीहरूले भुर्तेलसँग प्रत्यक्ष भेट्ने, फोटो खिच्ने र अनुभव बाँड्ने अवसर पाउनेछन्।
KTM Consulting Group लामो समयदेखि अष्ट्रेलियामा नेपाली विद्यार्थी र समुदायलाई शैक्षिक परामर्श, भिसा प्रक्रिया तथा करियर मार्गदर्शन प्रदान गर्दै आएको प्रतिष्ठित संस्था हो। कम्पनीले पछिल्ला वर्षहरूमा सामाजिक उत्तरदायित्वअन्तर्गत खेलकुद र युवालाई प्रोत्साहन गर्ने अभियानलाई प्राथमिकता दिँदै आएको छ।
आक्रामक ब्याटिङ शैली र निरन्तर प्रदर्शनका कारण भुर्तेल नेपाली क्रिकेटका चर्चित युवा खेलाडी बनेका छन्। आयोजकहरूले उनको उपस्थितिले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा अझ उजागर गर्नुका साथै अष्ट्रेलियाको एडिलेडमा बस्ने नेपाली समुदायलाई गर्व दिलाउने विश्वास व्यक्त गरेका छन्।
तपाइँको प्रतिक्रीया