डार्विन- नर्दन टेरेिटोरीस्थित गैरआवासीय नेपाली संघ (NRNA) ले आफ्नो गौरवको र प्रमुख कार्यक्रम ‘नेपाल फेस्टिवल डार्विन २०२६’ को मिति औपचारिक रूपमा घोषणा गरेको छ। १३ जुन २०२६ शनिबारका दिन डार्विन वाटरफ्रन्ट मा आयोजना हुने यस महोत्सवले नेपाली संस्कृति, परम्परा र रंगीन उत्सवको जीवंत माहोल ल्याउनेछ।

यस वर्षको मूल नारा “One Country, Many Stories” ले नेपालभित्रको सांस्कृतिक विविधता, मौलिकता र समावेशी भावनालाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने लक्ष्य राखेको छ। नेपाली समुदाय मात्र नभई डार्विनका स्थानीय समुदायलाई पनि समेट्ने यस महोत्सवमा सहभागीहरूले परम्परागत संगीत, नृत्य, स्वादिलो नेपाली खाना, कला तथा हस्तकलाको झल्को हेर्न सक्नेछन्।
कार्यक्रमको विशेष आकर्षणमा नेपाल सांस्कृतिक ¥याली (Cultural Parade) रहनेछ, जसमा नेपाली पोशाक, जातीय परम्परा र सांस्कृतिक सम्पदाहरू प्रदर्शित गरिनेछ। साथै, “नेपाल हाउस” नामक विशेष प्रदर्शनी क्षेत्रमार्फत नेपालका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू, कला र हस्तकलाको झल्को दिने प्रयास गरिनेछ।
एनआरएनए नर्दन टेरेिटोरीका संयोजक त्रिलोचन सापकोटाले भने, “नेपाल फेस्टिवल डार्विन हाम्रो गौरवको सांस्कृतिक उत्सव हो। यसले नेपाली समुदाय मात्र नभई डार्विनको विविध सांस्कृतिक जीवनशैलीसँग पनि जोड्ने काम गर्छ। हामी २०२६ को फेस्टिवललाई अझ ठूलो, रंगीन र सबैका लागि स्मरणीय बनाउने लक्ष्यमा छौं।”
यस अवसरमा नर्दन टेरेिटोरी सरकार, Lia Finocchiaro MLA लगायतको समर्थन रहेको छ, जसले नेपाली सांस्कृतिक पहिचानलाई प्रोत्साहन गर्दै समुदायमा एकताको सन्देश फैलाउने विश्वास व्यक्त गरेका छन्।आयोजकहरूले सबैलाई परिवारसहित उपस्थित भई नेपालको संस्कृति, स्वाद र सद्भावको उत्सव मनाउन हार्दिक निमन्त्रणा गरेका छन्। थप जानकारी र अपडेटहरू एनआरएनए नर्दन टेरेिटोरीको फेसबुक पेज मार्फत उपलब्ध गराइने जनाइएको छ।
नेपाल फेस्टिवल डार्विन २०२६ मा सहभागी भएर तपाईंले नेपालको वास्तविक संस्कृति र परम्पराको जीवंत अनुभव गर्न सक्नुहुनेछ । आयोजक संस्थाले आजैदेखि कार्यक्रमका लागि समय छुटाउन अनुरोध समेत गरेका छन्।


तपाइँको प्रतिक्रीया