एडिलेड -साउथ अस्ट्रेलियाले सन् २०२५ लाई बिदाइ गर्दै नयाँ वर्ष २०२६ को स्वागत भव्य सार्वजनिक उत्सवका साथ गर्ने तयारी पूरा गरेको छ। राजधानी एडिलेडसहित महानगर क्षेत्र र राज्यका प्रमुख तटीय तथा क्षेत्रीय सहरहरूमा ३१ डिसेम्बरको साँझदेखि मध्यरातसम्म आधिकारिक आतिशबाजी कार्यक्रमहरू आयोजना हुँदैछन्। स्थानीय काउन्सिलहरूको सहकार्यमा सञ्चालन हुने यी कार्यक्रमहरू परिवार–मैत्री, निःशुल्क र सुरक्षित बनाउने तयारी गरिएको आयोजकहरूले बताएका छन्।
राजधानी एडिलेडको केन्द्रमा रहेको Elder Park (Tarntanya Wama) नयाँ वर्षको मुख्य आकर्षणका रूपमा रहनेछ। साँझदेखि नै प्रत्यक्ष संगीत, सांस्कृतिक प्रस्तुति र विविध मनोरञ्जन कार्यक्रम सुरु हुने यहाँ राति करिब ९:३० बजे परिवार–मैत्री आतिशबाजी र ठीक मध्यरातमा नयाँ वर्ष स्वागतको मुख्य आतिशबाजी प्रदर्शन गरिनेछ। Torrens नदी किनारको यो कार्यक्रमले हरेक वर्षझैँ यसपटक पनि हजारौँ दर्शकलाई एकै ठाउँमा जुटाउने अपेक्षा गरिएको छ।

एडिलेड महानगर क्षेत्रमै समुद्री किनारतर्फ हेर्दा Glenelg Beach र Brighton Beach मा पनि नयाँ वर्षको उत्साह उत्तिकै रहनेछ। Glenelg मा साँझबाट कार्यक्रम सुरु भई राति करिब ९:३० बजे प्रारम्भिक आतिशबाजी र मध्यरातमा अर्को मुख्य शो तय गरिएको छ भने Brighton Beach मा परिवार–मैत्री आतिशबाजी ९:३० बजे आयोजना हुने जनाइएको छ। यस्तै, Port Adelaide Enfield क्षेत्रको Semaphore Foreshore मा साँझ ६ बजेदेखि सांगीतिक कार्यक्रमसहित ९:३० बजे र मध्यरातमा आतिशबाजी प्रदर्शन गरिनेछ।
राज्यका अन्य प्रमुख तटीय तथा क्षेत्रीय स्थानहरूमा पनि विशेष कार्यक्रमहरू तय छन्। Guichen Bay (Robe) मा राति ९:३० बजे समुद्रको प्रतिबिम्बमा आतिशबाजी देख्न मिल्नेछ। Port Lincoln Foreshore मा ९:३० बजे प्रारम्भिक र मध्यरात १२:०० बजे दोस्रो शो रहनेछन्। Wallaroo Foreshore मा पनि ९:३० बजे र मध्यरात दुवै समयमा आतिशबाजी हुनेछ। Stansbury Foreshore (Yorke Peninsula) मा राति ९:३० बजे, र Beachport Foreshore (Limestone Coast) मा ९:३० बजे र मध्यरात १२:०० बजे प्रदर्शन हुनेछ।
क्षेत्रीय शहरहरूमा पनि सार्वजनिक उत्सव आयोजना हुनेछ। Murray Bridge (Wharf Precinct & Sturt Reserve) मा साँझ ५:०० बजे कार्यक्रम सुरु भई राति ९:३० बजे प्रमुख आतिशबाजी हुनेछ। Mount Gambier Showgrounds मा पनि साँझ ५:३० बजे पारिवारिक मनोरञ्जनपछि राति ९:०० बजे र मध्यरात १२:०० बजे फायरवर्क्स प्रदर्शन हुनेछ। Mannum (Mary Ann Reserve) मा मध्यरात १२:०० बजे नयाँ वर्षको काउन्टडाउनसँगै आतिशबाजी हुनेछ। Normanville Foreshore र Port Broughton Foreshore मा साँझ ५:०० बजे कार्यक्रमसहित फायरवर्क्स हेर्न पाइनेछ। Streaky Bay Foreshore मा दिउँसो ३:३० बजे सांगीतिक र पारिवारिक कार्यक्रमपछि साँझ आतिशबाजी हुनेछ भने Victor Harbor (Warland Reserve) मा साँझ ७:३० बजे कार्यक्रम सुरु भई राति ९:४५ बजे र मध्यरात १२:०० बजे दुई पटक आकाश उज्यालो पारिनेछ। Goolwa क्षेत्रमा Hindmarsh Island Bridge आसपास मध्यरातमा विशेष आतिशबाजी कार्यक्रम आयोजना गर्ने तयारी छ।
संबन्धित काउन्सिल र सुरक्षानिकायहरूले सर्वसाधारणलाई व्यक्तिगत रूपमा फायरवर्क्स प्रयोग नगर्न, आधिकारिक सार्वजनिक कार्यक्रममा सहभागी हुन र सुरक्षा निर्देश पालना गर्न आग्रह गरेका छन्। आयोजकहरूको अनुसार यी कार्यक्रमहरूले केवल मनोरञ्जन मात्र नभई समुदायिक एकता, सद्भाव र सुरक्षित नयाँ वर्षको सन्देश बोकेका छन्।
यसरी राज्यभरि आयोजना हुने आतिशबाजी र सामुदायिक उत्सवहरूले नयाँ वर्ष २०२६ लाई उल्लासपूर्ण, सुरक्षित र सम्झनालायक बनाउने अपेक्षा गरिएको छ।

तपाइँको प्रतिक्रीया