अष्ट्रेलिया । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अष्ट्रेलिया भ्रमणको निम्तो दिएका छन्। ह्वाइट हाउसमा भएको आफ्नो पहिलो आधिकारिक भ्रमणका क्रममा अल्बानिजीले ट्रम्पलाई निम्तो दिएका हुन्। भेटका क्रममा दुबै नेता निकै आत्मीय माहोलमा पत्रकारहरू सामु उपस्थित भएका थिए।

प्रधानमन्त्री अल्बानिजीले १० महिनापछि ट्रम्पसँग प्रत्यक्ष द्विपक्षीय भेट गर्दै तीन महत्वपूर्ण उपलब्धिहरू हासिल गरेका छन्— चीनको प्रभाव घटाउने उद्देश्यसहित अर्बौं डलरको खनिज सम्झौता, अस्ट्रेलिया–अमेरिका–बेलायत (AUKUS) सहकार्यको पुनः पुष्टि, र ट्रम्पको सम्भावित अस्ट्रेलिया भ्रमण।
ट्रम्पले अल्बानिजीको प्रशंसा गर्दै अस्ट्रेलियालाई “अमेरिकाको उत्कृष्ट मित्र” र “अद्भुत देश” भने। उनले भने, “हामी दीर्घकालीन साथी हौं, युद्धमा सँगै लडेका छौं, र अस्ट्रेलियाजस्तो साथी अरू कोही छैन।”
बैठकमा अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्स, परराष्ट्रमन्त्री मार्को रुबियो, रक्षा मन्त्री पिट हेगसेथ, तथा अस्ट्रेलियाबाट टिम एयर्स र म्याडलिन किङलगायत वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

तपाइँको प्रतिक्रीया