२०८२ माघ २ बिहीबार

अमेरिकाले तेस्रो पटक पक्राउ गर्यो अर्को देशको राष्ट्र प्रमुख

  • admin २०८२ पौष २० आइतबार

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई आफ्नो नियन्त्रणमा लिएपछि कुनै पनि राष्ट्र प्रमुखलाई आफ्नो नियन्त्रणमा लिएको यो तेस्रो पटक हो ।अमेरिकाले कुनै देशको राष्ट्रपति वा तानाशाहलाई पक्राउ गर्न सैन्य कारबाही गरेको यो पहिलो पटक होइन । यसअघि २००३ मा इराक र १९८९ मा पानामामा यस्तै कारबाही गरिएको थियो ।

अमेरिकाले १९८९ मा अमेरिकाले ल्याटिन अमेरिकी देश पानामामा आक्रमण गर्‍यो । अमेरिकाले लागूपदार्थ तस्करी र अमेरिका विरोधी गतिविधिको आरोपमा पनामाका तानाशाह म्यानुएल नोरिएगालाई सत्ताबाट हटाएको थियो ।

यस आक्रमणमा अमेरिकी सेनाले पानामा सिटी सहित धेरै क्षेत्रहरूमा बमबारी गर्‍यो, जसमा लगभग २ हजार मानिसहरू मारिए । नोरिएगालाई पक्राउ गरी अमेरिका लगियो । १९९२ मा, एक अमेरिकी अदालतले नोरिएगालाई ४० वर्षको जेल सजाय सुनाएको थियो ।
त्यसपछि २००३ अमेरिकाले इराकमा आक्रमण गर्‍यो । यसको उद्देश्य इराकी राष्ट्रपति सद्दाम हुसेनलाई सत्ताबाट हटाउनु थियो, जसलाई संयुक्त राज्य अमेरिकाले इराकका विभिन्न समुदायहरू विरुद्ध हिंसा, अल-कायदालाई समर्थन र आणविक हतियार राखेको आरोप लगाएको थियो । अमेरिकी सेनाले बगदादसहित धेरै शहरहरूमा बमबारी गर्‍यो र सद्दामको सरकारलाई पतन गरियो । केही महिना पछि सद्दाम हुसेनलाई पक्राउ गरियो । त्यसपछि सद्दामलाई इराकी अदालतमा मुद्दा चलाइएको थियो । यस अवधिमा, इराक अमेरिकी सेनाको नियन्त्रणमा थियो ।

अब शनिबार अमेरिकाले मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेर न्यूयोर्क ल्याउदै गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिएका छन् ।