२०८२ माघ २ बिहीबार

एनआरएनए टोलीद्वारा परराष्ट्र मन्त्री बालानन्द शर्मासँग भेटवार्ता

  • admin २०८२ पौष २५ शुक्रबार

काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) को एक टोलीले परराष्ट्र मन्त्री बालानन्द शर्मासँग भेटघाट गरेको छ। भेटका क्रममा टोलीले मन्त्री शर्मालाई पदभार ग्रहण गरेको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै संघका गतिविधि र भावी योजनाबारे जानकारी गराएको छ।

सो अवसरमा एनआरएनएका अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठले आगामी फेब्रुअरी २३, २४ र २५ गते आयोजना हुने एनआरएनएको १२ औँ महाधिवेशन सम्बन्धी तयारी, अपेक्षा र त्यसको महत्वबारे मन्त्री शर्मासँग छलफल गरेका थिए। महाधिवेशनलाई विश्वभर छरिएका गैरआवासीय नेपालीलाई एकताबद्ध गर्ने साझा मञ्चका रूपमा सफल बनाउन सरकारको सहकार्य आवश्यक रहेको विषयमा पनि कुराकानी भएको जनाइएको छ।

परराष्ट्र मन्त्री शर्माले गैरआवासीय नेपालीहरूले नेपाल र प्रवासबीचको सम्बन्ध सुदृढ गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै सरकार सधैं सहयोगका लागि सकारात्मक रहने धारणा व्यक्त गरेका छन्। साथै, महाधिवेशन सफल आयोजना होस् भन्ने शुभेच्छा समेत व्यक्त गरेका छन्।

भेटघाटलाई सरकार र गैरआवासीय नेपाली समुदायबीच आपसी समन्वय र संवादलाई थप मजबुत बनाउने अवसरका रूपमा हेरिएको छ।