काठमाडौं । खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण प्रकरणले गम्भीर विवाद निम्त्याएको छ । मन्त्रीले बनावटी कार्यक्रम बनाएर अमेरिकाको भिसा लगाउन खोजेको आरोप कतिपयले लगाएका छन् ।
मन्त्रिपरिषदले एनआरएनएको कार्यक्रममा सहभागी हुन उनलाई भ्रमण स्वीकृति दिएको थियो । तर, अमेरिकामा एनआरएनएको कुनै कार्यक्रम नै नरहेको समाचार केही सञ्चारमाध्यममा प्रकाशित भएपछि विवाद उब्जिएको हो । आज एनआरएनए अमेरिकाका नाममा दुई वटा फरक आशयका विज्ञप्ति जारी भएपछि झनै संशय बढ्यो ।
मन्त्री गुप्ता भने अनावश्यक रुपमा विवादको विषय बनाइएको बताउँछन् । आफूले भिसा प्रोसेस नै नगरी मिडिया र सामाजिक सञ्जालमा विभिन्न आरोप लगाइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

तपाइँको प्रतिक्रीया