२०८२ माघ २ बिहीबार

कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित

  • admin २०८२ पौष २८ सोमबार

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले कार्यविधिलाई पारित गरेको छ ।

बन्द सत्रको हलले ध्वनि मतले कार्यविधि अनुमोदन गरेको सचिवालयले जानकारी दिएको छ । यही कार्यविधि अनुसार बन्द सत्र लगायतका अन्य कार्यक्रम अघि बढ्ने छन् ।

पार्टी विधानको धारा १५ बमोजिम सर्वोच्च अधिकारसम्पन्न निकायलाई निहित हुने अधिकार प्रयोग गरी कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२ लागू गरिएको हो। बैठक काठमाडौँ ५ का महाधिवेशन प्रतिनिधि श्यामबहादुर खड्काको अध्यक्षतामा सुरु भएको हो ।

त्यस्तै बन्दसत्रमा अहिलेको केन्द्रीय कार्यसमिति विघटन गर्ने प्रस्ताव पनि पेस गरिएको छ ।