काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी फुटतर्फ अघि बढेको बताएका छन् । केन्द्रीय कार्य समिति बैठकमा लागि सानेपा पुगेका खड्काले उनको कार्यकक्षमा जम्मा भएका नेता कार्यकर्तालाई पछिल्लो वार्ताको ब्रिफिङ गर्दै पार्टी फुट्न लागेको बताएका हुन् ।
सभापति अधिकतम लचिलो हुँदा पनि महामन्त्रीहरूले नमानेको र उम्मेदवारी मनोनयन प्रक्रिया नै थालिसकेकाले अब फुटतर्फ गएको बताए । उनले अब बैठक हिजोको जसरी नरोकिने भन्दै थप आवश्यक कदम केन्द्रीय कार्य समितिले चाल्ने बताए ।

तपाइँको प्रतिक्रीया