काठमाडौं । नेकपा (एमाले)ले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग चुनावी सहकार्यका लागि प्रस्ताव गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)सँग चुनावी सहकार्यको प्रस्ताव राखेका हुन् ।
नेकपा स्रोतका अनुसार ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा–५ र महासचिव शंकर पाेखरेलको निर्वाचन क्षेत्र दाङ– २ मा सहकार्यका लागि प्रस्ताव गरेका हुन् ।
प्रचण्डसँगको संवादमा ओलीले आफ्ना दुई क्षेत्रमा सहयोग गरेको बदलामा ४ सिटमा सहयोग गर्ने वचन दिएको स्रोतको दाबी छ । नेकपाका एक नेताका अनुसार ओलीले प्रचण्डसँग जुन क्षेत्र चाह्यो त्यसमा सहयोग गर्ने प्रस्ताव गरेका हुन् ।
नेकपा स्रोतका अनुसार प्रचण्डले स्पष्ट वचन भने दिइसकेका छैनन् । नेकपाका शीर्ष नेताहरुले एमालेसँग सहकार्य गर्न नहुने अडानले प्रचण्ड दबाबमा रहेको स्रोतको भनाइ छ ।

तपाइँको प्रतिक्रीया