२०८२ माघ २२ बुधबार

चुनावमा भ्रामक प्रचार राेक्न टिकटकसँग आयाेगकाे समझदारी

  • admin २०८२ माघ २२ बुधबार

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको स्वच्छता प्रवर्द्धनका लागि निर्वाचन आयोग र टिकटकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

निर्वाचन आयोगमा आयोजित कार्यक्रममा आयोगका तर्फबाट सहसचिव नारायण प्रसाद भट्टराई र टिकटकका तर्फबाट फेर्दोस अल मत्ताकिनले समझदारीमा हस्ताक्षर गरेको आयोगले जनाएको छ।

कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा‍. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्ण बहादुर राउतलगायतका अधिकारीहरूको उपस्थिति थियो।

निर्वाचन नजिकिएसँगै टिकटकलगायत सामाजिक सञ्जालमा भ्रामक प्रचार बढेपछि त्यस्ता गतिविधि रोक्न निर्वाचन आयोगले टिकटकसँग समझदारी गरेको हो।