२०८२ माघ २३ बिहीबार

रौतहट- २ मा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु

  • admin २०८२ माघ २३ बिहीबार

काठमाडौँ । रौतहट-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको ज्यान गएको छ ।

स्थानीयका अनुसार बालिकालाई ठक्कर दिएपछि गाडीमा सवार उम्मेदवार सगिर आलम र सवारी चालक घटनास्थलबाट फरार भएका छन् । ठक्कर दिने गाडी भने रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ।

ईशनाथ नगरपालिका-४, मठिया टोलकी करिब ४ वर्षीया अलसा खातुनको सवारी दुर्घटनामा ज्यान गएको पुष्टि भएको छ । मृतक अलसा खातुन सोही स्थानका बासिन्दा शेख साजिरकी छोरी हुन् । स्थानीयका अनुसार आफ्नै वडाभित्र दुर्घटना भएको हो ।

प्रहरी स्रोतका अनुसार बा. १५ च ४२४४ नम्बरको क्रेटा गाडीले बालिकालाई ठक्कर दिएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको र दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।