काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूसँग थप संवादको प्रयासमा रहेको बताएका छन्।
पोखरा पुगेका सभापति थापाले पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीमा गुट अब सकिएको बताए।
उनले भने, ‘एउटा ठुलो विश्वास, भरोसा तपाईँहरूले राख्नु भएको छ, कति साथीहरू हामीहरू हिजो सँगै उभियौँ, कति साथीहरू पार्टीभित्र फरक दृष्टिकोण मात्रै फरक हो। सबै साथीहरूले पार्टी ठिक होस् भन्नु भएको छ। म अहिले निवर्तमान सभापतिसँग पनि विभिन्न माध्यमबाट संवाद गरिरहेको छु, थप संवाद गर्ने कोसिसमा छु। पार्टीको हिजो काम गर्नुभएको वरिष्ठ नेताहरू, सिनियर नेताहरू सबैसँग कुनै न कुनै माध्यमबाट संवाद गरिरहेको छु।’
उनले पार्टीका शीर्ष नेताहरू चुनाव नलडेको भएपनि चुनावी अभियानमा गइसकेको बताए। उनले भने, ‘म आज काठमाडौँ फर्कनुपर्ने छ, घोषणा पत्रको काम अलि भ्याउनुपर्ने भएकोले। त्यसपछि म पूर्व जान्छु। र त्यसपछि पूर्वको पहाडतिर एकपटक मेरो आफ्नो निर्वाचन क्षेत्रमा जान्छु । त्यसपछि हामी फागुन ४ गतेबाट सभाको कार्यक्रमहरू प्रारम्भ गर्छौँ। हाम्रो पहिलो सभा ६ गते जनकपुरमा छ। र त्यस पछाडि प्रदेशसँग समन्वय गरेर हामी कतिवटा जिल्लामा पुग्न सक्छौँ।’

तपाइँको प्रतिक्रीया