२०८२ माघ २४ शुक्रबार

मसँग भिड्छु, राजनीतिक सिक्छु भन्ने नाति पुस्तालाई स्वागत गर्छु : ओली

  • admin २०८२ माघ २४ शुक्रबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो नाति पुस्ता राजनीतिमा आउँदा आफूलाई खुसी लाग्ने बताएका छन्।

चुनावी अभियानका लागि झापा पुगेका ओलीले रास्वपा वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै राजनीति सिक्छु भनेर आफूसँग भिड्न आउँदैमा नराम्रो मान्न नपर्ने बताए।

उनले भने, ‘भिड्न आउँछु भन्नेलाई स्वागत गर्छु, खुसी लाग्छ। नयाँ हाम्रा भाइ, भतिजा, छोरा, नातिहरूको पुस्ताले सिक्छु, राजनीतिमा लाग्छु भन्छ भने त्यसलाई नराम्रो मान्नुपर्ने कुरा छ र ?’

झापा ५ मा ओलीविरुद्ध रास्वपाका नेता शाह र नेकपाका युवा नेता रञ्जित तामाङ चुनावी प्रतिस्पर्धामा छन्।