नेपाली उद्यमी, नवप्रवर्तनकर्ता र सपना देख्ने युवाहरूका लागि सुनौलो अवसर प्रदान गर्दै NRNA Australia ले आगामी मे ९, २०२६ मा सिड्नीस्थित Hyatt होटलमा राष्ट्रिय उद्यमी सम्मेलन आयोजना गर्ने भएको छ। यस अवसरमा सहभागीहरूले आफ्ना व्यवसायिक आइडिया प्रत्यक्ष रूपमा प्रस्तुत गर्दै AUD $10,000 बराबरको seed funding जित्ने मौका पाउनेछन्।

आयोजकका अनुसार देशभरबाट प्राप्त आवेदनमध्ये उत्कृष्ट सात आइडियालाई छनोट गरी सम्मेलनकै दिन ५ मिनेटको लाइभ पिच गर्ने अवसर दिइनेछ। तीमध्ये एक जनालाई उत्कृष्ट उद्यमी घोषणा गर्दै नगद $10,000 पुरस्कार प्रदान गरिनेछ।
NRNA Australia ले यसलाई केवल प्रतिस्पर्धा मात्र नभई नेपाली डायस्पोराभित्र उद्यमशीलता प्रवर्द्धन गर्ने, रोजगारी सिर्जना गर्ने र समुदायलाई सशक्त बनाउने अभियानका रूपमा अघि बढाइएको जनाएको छ। चयन भएका सहभागीहरूले अनुभवी व्यवसायिक अगुवा, सम्भावित लगानीकर्ता र समुदाय नेतासँग प्रत्यक्ष संवाद र नेटवर्किङ गर्ने अवसर पनि पाउनेछन्।
NRNA Australia का अध्यक्ष सन्तोष कुँवरले भने, “यो कार्यक्रम नेपाली युवाहरूको सोच, सिर्जनशीलता र नेतृत्व क्षमतालाई व्यवहारमा उतार्ने महत्वपूर्ण प्लेटफर्म हो। यसले अष्ट्रेलियामा नेपाली उद्यमशीलताको नयाँ अध्याय सुरु गर्ने विश्वास लिएका छौँ।”
छनोट भएका सात जना सहभागीलाई मात्र NRNA Australia ले प्रत्यक्ष सम्पर्क गर्ने जनाएको छ।
आवेदन दिन इच्छुकले https://shorturl.at/qnZnO मार्फत फाराम भर्न सक्नेछन्।

तपाइँको प्रतिक्रीया