काठमाडौं । अघिल्लो दिन २ लाख ९५ हजार १०० रुपैयाँको कीर्तिमानी मूल्य कायम गरेको सुनको मूल्य आज तल झरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार ९०० रुपैयाँले घट्दै २ लाख ९२ हजार २०० रुपैयाँमा झरेको हो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घट्दै ५ हजार ८७० रुपैयाँमा झरेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।

तपाइँको प्रतिक्रीया