२०८३ जेठ २१ बिहीबार

सबिन राई र पूर्ण राईको धमाकेदार प्रस्तुति, एडिलेडमा सांगीतिक महोत्सव हुँदै

  • admin २०८२ चैत २८ शनिवार

एडिलेड,अष्ट्रेलिया / अष्ट्रेलियाको एडिलेडमा आयोजना हुन लागेको बहुप्रतीक्षित ‘म्युजिक फेस्ट २०२६ भोल्युम–२’ को तयारी तीव्र बन्दै जाँदा यहाँका नेपाली संगीतप्रेमीहरू यो कार्यक्रममा रमाउन उत्साहित देखिएका छन्। नेपाली समुदायको सांगीतिक चाहना र मनोरञ्जनलाई मध्यनजर गर्दै गिरिश इभेन्ट्स एण्ड इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको यो भव्य कार्यक्रम आगामी अप्रिल १७, शुक्रबार साँझ ७ बजेदेखि सुरु हुने तय भएको छ।

यस महोत्सवको टाइटल स्पोन्सरका रूपमा ग्रेस इन्टरनेशनल रहेको छ भने एडिलेडका विभिन्न व्यवसायिक संस्थाहरूले पनि सह–प्रायोजकका रूपमा साथ दिएका छन्। आयोजकका अनुसार कार्यक्रमले स्थानीय नेपाली समुदाय  समग्र संगीतप्रेमी दर्शकलाई लक्षित गर्दै सांगीतिक ऊर्जा र मनोरञ्जनले भरिपूर्ण वातावरण सिर्जना गर्नेछ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपाली संगीत क्षेत्रका चर्चित गायक सबिन राई एण्ड द फेरो (The Pharaoh) तथा लोकप्रिय गायक पूर्ण राई विथ दाजुभाइहरू को लाइभ प्रस्तुति रहनेछ। उनीहरूको ऊर्जावान प्रस्तुति, लाइभ ब्यान्डको संगत र दर्शकसँगको प्रत्यक्ष अन्तरक्रियाले कार्यक्रमलाई अविस्मरणीय बनाउने अपेक्षा गरिएको छ।

यो सांगीतिक महोत्सव हिन्द्ले स्ट्रिट म्युजिक(Hindley Street Music Hall ) हलमा आयोजना हुनेछ, जहाँ ठूलो संख्यामा दर्शकहरूको उपस्थिति रहने अनुमान गरिएको छ। आधुनिक सुविधा र उत्कृष्ट ध्वनि प्रणालीका कारण यो स्थल संगीत कार्यक्रमका लागि उपयुक्त मानिन्छ।कार्यक्रमपछि पनि मनोरञ्जनको माहोल निरन्तर रहनेछ। सहभागीहरूका लागि The District मा ‘Official After Party’ ’ आयोजना गरिनेछ, जसको व्यवस्थापन रिजएन्टिज ( RizzNtease) ले गर्नेछ। यसले दर्शकहरूलाई थप रमाइलो र आपसी भेटघाटको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

गिरिश इभेन्ट्स एण्ड इन्टरटेन्मेन्टका निर्देशक गगन गिरीले आयोजकको तर्फबाट प्रतिक्रिया दिँदै ‘म्युजिक फेस्ट २०२६ भोल्युम–२’ लाई एडिलेडमा बसोबास गर्ने नेपाली समुदाय तथा सम्पूर्ण संगीतप्रेमीका लागि अविस्मरणीय सांगीतिक अनुभव बनाउने तयारी गरिएको बताएका छन्। उनका अनुसार कार्यक्रमलाई केवल मनोरञ्जनको रूपमा मात्र नभई प्रवासमा रहेका नेपालीहरूलाई एकै ठाउँमा जोड्ने, आपसी सम्बन्ध मजबुत बनाउने र नेपाली संगीतप्रतिको प्रेमलाई अझ विस्तार गर्ने उद्देश्यसहित आयोजना गरिएको हो। उनले सहभागी दर्शकहरूको उत्साहले आयोजक टिमलाई थप ऊर्जा दिएको उल्लेख गर्दै सबैलाई समयमै टिकट सुरक्षित गरी कार्यक्रमलाई सफल बनाउन आग्रह गरेका छन्। टिकट मोशटिक्समार्फत उपलब्ध रहेको छ।https://shorturl.at/eMo4D

नेपाली समुदायको सक्रिय सहभागितासहित आयोजना हुन लागेको ‘म्युजिक फेस्ट २०२६ भोल्युम–२’ ले एडिलेडको सांगीतिक तथा सांस्कृतिक माहोललाई अझ जीवन्त बनाउने विश्वास गरिएको छ। सबिन राई र पूर्ण राईजस्ता लोकप्रिय कलाकारहरूको उपस्थितिले कार्यक्रमलाई विशेष बनाउने मात्र नभई प्रवासमा रहेका नेपालीहरूलाई आफ्नो सांस्कृतिक जरा र संगीतसँग पुनः जोड्ने महत्वपूर्ण अवसरसमेत प्रदान गर्ने अपेक्षा गरिएको छ।