२०८३ असार १० बुधबार

रोजगारीदेखि राष्ट्रिय गौरवसम्म : युवाहरुको पहिलो रोजाइ ‘एक्स्ट्रिम’

  • admin २०८३ असार १० बुधबार

काठमाडौं । नेपाली बजारमा अहिले चर्चामा छ एक्स्ट्रिम इनर्जी ड्रिंक । ‘मेड इन नेपाल’ उत्पादनले गुणस्तर, स्वाद र विश्वसनीयताका आधारमा विदेशी उत्पादनसँग प्रतिस्पर्धा मात्र होइन, नेपाली उपभोक्ताको विश्वाससमेत जितेको छ। यही परिवर्तनको एउटा सशक्त उदाहरण बनेको छ– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित ‘एक्स्ट्रिम इनर्जी ड्रिंक’। नेपालमा उत्पादन भएर नेपाली बजारमा लोकप्रिय बनेको ‘एक्स्ट्रिम’ आज केवल एउटा इनर्जी ड्रिंक होइन, स्वदेशी उत्पादन, स्वदेशी उद्योग, रोजगारी र आत्मनिर्भर अर्थतन्त्रको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ। उद्योगीहरूका अनुसार अब समय आएको छ– उत्पादनमुखी अर्थतन्त्रलाई आत्मसात गर्ने, स्वदेशी उत्पादन प्रयोग गर्ने र नेपाली ब्रान्डलाई विश्व बजारसम्म विस्तार गर्ने।

‘मेड इन नेपाल’बाट विश्वस्तरीय गुणस्तरको यात्रा
इनर्जी ड्रिंकको इतिहास सन् १९६२ मा जापानबाट सुरु भएको मानिन्छ। विश्व बजारमा लोकप्रिय बनेको यही अवधारणालाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय गुणस्तरका मापदण्डसँग जोड्दै नेपालमै ‘एक्स्ट्रिम’ उत्पादन गरिएको हो। विश्वस्तरीय उत्पादन प्रविधि, गुणस्तरीय कच्चा पदार्थ र आधुनिक प्रशोधन प्रणालीका कारण ‘एक्सट्रिम’ ले छोटो समयमै नेपाली बजारमा आफ्नो अलग पहिचान बनाउन सफल भएको छ। कम्पनीका अनुसार स्वाद, गुणस्तर र सुरक्षामा कुनै सम्झौता नगरी उत्पादन गरिएकाले यसले नेपाली उपभोक्ताको विश्वास जितेको हो।

रोजगारीसहितको स्वदेशी अर्थतन्त्रको बलियो आधार
स्वदेशी उद्योगको महत्व केवल उत्पादनमा सीमित हुँदैन, यसले रोजगारी सिर्जना, राजस्व वृद्धि र आर्थिक गतिविधिलाई समेत गति दिन्छ। ‘एक्सट्रिम’ उत्पादन गर्ने एग्रो थाई फुड्सले हाल प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा २० हजारभन्दा बढी नेपालीलाई रोजगारी प्रदान गरिरहेको जनाएको छ। उद्योगको विस्तारसँगै किसान, कच्चा पदार्थ आपूर्तिकर्ता, ढुवानी व्यवसाय, वितरकदेखि खुद्रा व्यापारसम्म हजारौं परिवारको आयआर्जन जोडिएको छ। यही कारण स्वदेशी उद्योगको प्रवर्द्धनलाई रोजगारसहितको स्वदेशी अर्थतन्त्र निर्माणको अभियान का रूपमा हेरिन थालिएको छ।

युवापुस्ताको ‘इनर्जी पार्टनर’
नेपाल युवा जनशक्ति धेरै भएको देश हो। बदलिँदो जीवनशैली, व्यस्त कार्यतालिका, खेलकुद, फिटनेस, यात्रा र दैनिक दौडधूपका बीच ‘एक्सट्रिम’ युवापुस्ताको रोजाइ बन्दै गएको छ। जिम, खेल मैदान, अफिस, लामो यात्रा वा गर्मी मौसममा ताजापन र ऊर्जाको अनुभूति दिलाउने पेयका रूपमा ‘एक्सट्रिम’ लोकप्रिय बनेको कम्पनीको दाबी छ। आकर्षक प्याकेजिङ, प्रभावकारी प्रचारप्रसार र देशभर सहज उपलब्धताले पनि यसको बजार विस्तारमा सहयोग पुगेको छ।

गुणस्तरमा सम्झौता छैन
ऊर्जा पेय पदार्थबारे बजारमा विभिन्न भ्रम रहे पनि ‘एक्स्ट्रिम’ले वैज्ञानिक मापदण्डअनुसार उत्पादन गरिएको जनाएको छ। कम्पनीका अनुसार यसमा रहेको क्याफिनको मात्रा अधिकतम ५० मिलिग्राम मात्र छ, जुन एक कप कफीको तुलनामा कम मानिन्छ। साथै टाउरिन, बी–भिटामिन र ग्लुकोजजस्ता तत्वहरूले शरीरको प्राकृतिक ऊर्जा उत्पादन प्रक्रियालाई सहयोग गर्ने जनाइएको छ। कम्पनीले बालबालिका, गर्भवती महिला तथा विशेष स्वास्थ्य समस्या भएका व्यक्तिका लागि भने यो पेय सेवन नगर्न स्पष्ट उल्लेख गर्दै जिम्मेवार उपभोग गर्न आग्रह गरेको छ।

स्वदेशी उत्पादन प्रयोग गरौँ, आत्मनिर्भर अर्थतन्त्र बनाऔँ
नेपालमा उत्पादन भएका वस्तुको प्रयोग बढ्दा उद्योग विस्तार हुने, रोजगारी सिर्जना हुने, आयातमा निर्भरता घट्ने र राष्ट्रिय अर्थतन्त्र बलियो बन्ने अर्थविद्हरू बताउँछन्।अहिले ‘स्वदेशी उत्पादन आफ्नै प्रयोग, आफ्नै उत्पादन’ भन्ने अभियानलाई थप सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याइँदै आएको छ। ‘आउनुस्, नेपालको उत्पादन प्रयोग गरौँ, आर्थिक आत्मनिर्भर नेपाल निर्माण गरौँ।’

नेपाली ब्रान्ड विश्व बजारमा
उद्योगीहरूका अनुसार अब नेपाली उत्पादनलाई केवल स्वदेशभित्र सीमित राख्ने होइन, अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने समय आएको छ। गुणस्तरमा विश्वास, आधुनिक उत्पादन प्रणाली र नेपाली उद्योगको क्षमताले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने आधार तयार भइसकेको उनीहरूको विश्वास छ। ‘एक्स्ट्रिम’ त्यसैको एउटा उदाहरण भएको उल्लेख गर्दै कम्पनीले नेपाली उपभोक्ताले स्वदेशी उत्पादनप्रति विश्वास गर्दै गएको बताएको छ ।